बिराटनगर मङ्सिर २ ,
बिराटनगरको एभेरेट होटेलबाट प्रहरीले छापा मारेर यौनजन्य कार्यमा सामेल भएको आरोपमा एक जोडी पक्राउ परेको छ । उक्त होटेलमा यौनजन्य गतिबिधि हुने गरेको आरोप लाग्दै आएको छ ।
केहि दिन अघि मात्रै होटेल संचालकले स्टाफ कुटेको आरोपमा अहिले प्रहरी हिरासतमा रहेका छन् । बिराटनगरका होटेलमा प्रहरीले यौनजन्य गतिबिधिमा कडा बनाएको छ ।