बिराटनगर मङ्सिर २ ,
सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको लागि आज बिराटनगरमा श्रद्धाञ्जली सभा गरिने भएको छ । आर्थिक बर्ष २०७४/७५ मा कुल २५४१ जनाले सडक दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना साथै सडक सुरक्षा समन्धी जनचेतना फैलाउने कार्यक्रम गरिने आयोजक साहिल दाहालले जानकारी दिए ।
सेफ सस्तेनेबल ट्राभल नेपालको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । बिराटनगरको ट्राफिक चोक देखि गुद्री बीप्लटमा आज बेलुका ४ बजे र्याली साथै उक्त कार्यक्रम आयोजना हुने भएको छ ।