रोटरी नेपालकाे साक्षरता अभियानद्वारा एक सय बीस सरकारी विद्यालयलाइ सहयाेग

<span class='c1'>रोटरी नेपालकाे साक्षरता अभियानद्वारा एक</span> <span class='c2'>सय बीस सरकारी विद्यालयलाइ सहयाेग</span>

विराटनगर २ मंसिर । नयाँ प्रविधीबाट विद्यार्थीहरुलाई अध्यापन गराउने उद्देश्य सहित रोटरी नेपाल साक्षरता अभियानले पूर्वाञ्चल क्षेत्रमा रहेका एक सय बीस सरकारी विद्यालयलाई प्रोजेक्टर, सफ्ट्वेयर, स्पिकर, माइक लगायतका सामाग्री वितरण गर्ने भएकाे छ । राेटरी नेपाल साक्षरता अभियानकाे रिजन ७ अन्तर्गतकाे इ–लर्निगं प्राेजेक्ट अन्तरगत उद्याेग स‌ंगठन माेरगंकाे सभाहलमा भएकाे कार्यक्रममा सम्झाैता पत्र हस्ताक्षरण भएकाे छ ।
सम्झाैता प्रथम पक्षकाे रुपमा नेपाल साक्षरता अभियान रिजन ७ का क्लब, विराटनगर महानगरपालीका र रंगेली नगरपालीका र दाेश्राे पक्षका रुपमा १ सय २० विद्यालय विच गरीएको थियाे ।

पूर्व क्षेत्रमा रहेका करिब १२० सरकारी विद्यालयलाई एक – एक थान प्रोजेक्टर, सफ्टवेयर, स्पीकर,माईक, किर्वोड, माउस र पर्दाहरु प्रदान गरिने रोटरी नेपाल साक्षरता अभियान रिजन ७ का पूर्व जिल्ला गर्भनर बासु देव गोल्यानले जानकारी दिनुभयो ।

कार्यक्रममा बाेल्दै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयकाे गुणस्तर सुधार गरि प्राइवेटकाे भन्दा अब्बल बनाउन अावश्यक रहेकाे बताउनु भयाे । 'अभिभावककाे पहिलाे राेजाइमा सामुदायिक विद्यालय पर्नु पर्ने र त्यहाँ भर्ना नपाएकाे अवस्थामा मात्र शुल्क तिरेर प्राइवेटमा पढाउनु पर्ने अवस्था ल्याउन अावश्यक छ', उहाँले भन्नुभयाे । साथै मन्त्री घिमिरेले राेटरीकाे साक्षरता अभियानले सामुदायिक विद्यालयकाे गुणस्तर बृद्धिकाे लागि गरेकाे सहयाेगकाे प्रसंशा समेत गर्नुभयाे ।

रोटरी ग्लोबल ग्रान्ट १७५७२१२ अन्तर्गत पूर्वमा रहेका १२० सरकारी विद्यालयलाई करिब १ करोड १४ लाख ४० हजार बराबरको लगानीमा प्रोजेक्टर सहितको सामाग्री हस्तान्तण गरिने भएको छ ।सम्झौता हस्तान्तरण कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, रगेली नगरपालीकाकार मेयर दिलिप बगडिया र रोटरी नेपाल साक्षरता अभियानका चेयरपर्सन तिर्थमान शाक्य लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्