विराटनगरको हिमालय दर्शनका विद्यार्थी भेडेटारमा भेटिएपछि… (फोटो फिचर सहित )

<span class='c1'>विराटनगरको हिमालय दर्शनका विद्यार्थी भेडेटारमा</span> <span class='c2'>भेटिएपछि… (फोटो फिचर सहित )</span>

प्रेम देवान ।
विराटनगर, २ मंसिर । गत भदौ २५ गते विराटनगरमा रहेका दुई ठुला कलेज एकीकृत भई संयुक्त रुपमा स्नातकको पढाई हुने हिमालय दर्शन कलेजलाई रोजे । प्रदेश नं १ का विद्यार्थीहरुलाई अन्तराष्ट्रिय स्तरसम्मको गुणस्तर तथा व्यवहारिक शिक्षा प्रदान गर्न हिमालय दर्शन कलेजमा यसै शैक्षिक सत्रदेखि सुचना प्रविधी अन्र्तगत स्नातक तहको पढाई सुरु हुँदैछ ।
हिमालय दर्शनले त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन लिई यसैवर्षदेखि वि.एस्सी/सि.एस आईटी, वि.आई.एम, र विसीए विषयका स्नातक तहमा विद्यार्थीहरु भर्ना भएका छन् । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजले पहिलो पटक विराटनगर बाहिर लगेर अभिमुखिकरण तथा पदयात्रामा सहभागिता गराएको हो । हिमालय दर्शन कलेजले सुनसरी र धनकुटा जिल्लाको रमणिय तथा पर्यटकिय स्थल भेडेटारमा लगेर दुईदिने अभिमुखिकरण सम्पन्न गरेको हो ।
कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका प्रोफेसर यादवराज कोईराला, मोटिभेस्नल युवा व्याक्तित्व बसन्त अधिकारी र आईटी कम्पनीका शुशिल सापकोटाले विद्यार्थीहरुलाई जीवन उपयोगीको बारेमा ज्ञान प्रदान गरेका थिए ।
कलेजमा भर्ना भएका पहिलो व्याजका विद्यार्थीहरु विच घुलमिलको वातावरणको साथै ४ बर्षसम्मको अध्ययन गर्ने तरिका अनुसार पूर्व योजना बनाउने हेतुले विद्यार्थीहरुलाई पहिलो पटक विराटनगर बाहिर लगिएको कलेजका म्यानेजिङ डाईरेक्टर भेषराज पोखरेलले जानकारी दिए ।
‘भर्ना भएका नयाँ विद्यार्थीहरु विच एक आपसमा परिचित तथा नया ठाँउको अध्ययन तथा अवलोकनमा नयाँ कुराको ज्ञान सीप विद्यार्थीले प्राप्त गरुन् भनेर हामीले विराटनगर बाहिर ल्याएका हौ, उनले भने, हाम्रो योजना आगामी दिनमा पनि नयाँ– नयाँ स्थानको अवलोकनको साथै सुचना प्रविधीको क्षेत्रका स्थानहरुमा अध्ययन तथा अवलोनक गराएर विद्यार्थीहरुलाई पं्रत्यक्ष लाभ पुर्याउने गरी हुनेछ ।’
विराटनगरको शैक्षिक गुणस्तरलाई अन्तराष्ट्रिय स्तरसम्मको ढाचामा लैजान सक्ने गरी दुई कलेज एकीकृत भई हिमालय दर्शन कलेजमा सुचना प्रविधीको अध्ययापन गराउन लागिएको कलेजका सिईओ ज्ञानु खड्काले बताए ।
अभिमुखिकरण कार्यक्रममा कलेजको तर्फबाट लक्ष्मण शिवाकोटी, भुपाल मिश्र, मनोज गुप्ता, नन्दु अग्रवाल लगायत शिक्षकहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई सुचना प्रविधीमा दक्ष बनाउन हिमालय दर्शन कलेज र इनोभेट नेपाल ग्रुप अन्तर्गतको काठमाडौँको रिगो टेक्नोलोजी बीच सहयोग आदानप्रदानको साझेदारी समेत यस अघि नै भईसकेको छ ।
हिमालय दर्शन कलेजमा यसबर्षको शैक्षिक सत्रदेखि वि.एस्सी, सि.एस आईटी, वि.आई.एम, र विसीए विषयका स्नातक तहमा भर्ना भएका ७२ जना विद्यार्थीहरुको टोली सहित सञ्चारकर्मीको साथ भेडेटार पुगेर नयाँ शैक्षिक कार्यक्रम सहितको योजना तयार भएको छ। यसले बिद्यार्थीलाई थप हौसला प्रदान गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्