विराटनगर,२ मंसिर । विराटनगरमा आगामी पुस ६ गतेदेखि १० गतेसम्म लिभिङ विथ आइसिटीले आयोजना गर्न लागेको पहिलो पटक आइसिटी एक्स्पो २०१८ स्थागन गरिएको छ । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना गर्न लागिएको एक्पोलाई अब क्यान इन्फोटेक २०१९ गर्ने गरि स्थगन गरिएको हो ।
कम्युटर एसोसिएसन महासंघका (क्यान) मोरङ शाखाले आउँदो पुस १९ गतेदेखि २३ गते सम्म ५ देशस्तरीय क्यान इन्फोटेक २०१९ गर्ने जनाएको छ । क्यान मोरङ शाखाले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी लिभिङ विथ आइसिटीको सहयोगमा क्यान ईन्फोटेक गर्ने जनाएको हो ।विराटनगरको जैन भवनमा हुन लागेको इन्फोटेक मेलामा आइसिटी कन्फरेन्स, सोसल मुभमेन्टलगायतका कार्यक्रमहरुमार्फत आइसिटी क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको जानकारी, प्रशिक्षण पनि संचालन हुने क्यान मोरङ मोरङका सचिव सुमित कुमार साहले जानकारी दिए ।
इन्फोटकमा १ सय २० वटा विभिन्न स्टल रहने र ४ लाख मानिसले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । ८० लाख खर्च हुने अनुमान गरिएको इन्फोटेकमा ५ करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको क्यान मोरङले जनाएको छ ।