विराटनगर जुनियर जेसिसद्धाारा थापालाई लाइफ टाईम मेम्बरसीप अवार्ड

विराटनगर जुनियर जेसिसद्धाारा थापालाई लाइफ टाईम मेम्बरसीप अवार्ड

विराटनगर, ३ मंसिर । विराटनगर जुनियर जेसिसले २३ औ बार्षिकोत्सवको अवसरमा पुर्व अध्यक्ष अभिनास थापालाई लाइफ टाईम मेम्बरसीप अवार्डले सम्मानित गरेको छ । विराटनगर जुनियर जेसिसका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, नेपाल जेसिजका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेल, विराटनगर जेसिसका अध्यक्ष राजेन्द्र थपलिया, जुनियर जेसिस अध्यक्ष मिलाप कर्णले थापालाई सम्मान गरेका हुन । पुर्व अध्यक्ष रमित श्रेष्ठलाई पनि सम्मानित गरिएको छ । संस्थापक अध्यक्ष डा. श्रेष्ठले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने क्रममा विराटनगर जुनियर जेसिसले फरक पहिचान बनाउन सफल भएको बताए । नेपाल जेसिसका उपाध्यक्ष श्याम सुन्दर मिलन पौडेलले विराटनगर जुनियर जेसिसप्रति सदैब साथ र सहयोग रहने उल्लेख गरे । सम्मानित राष्ट्रिय जुनियर जेसिस संयोजक अभिनास थापाले नेपालभरी आफू चिनिनुमा विराटनगर जुनियर जेसिस नै रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्