विराटनगरकाे रानीबाट लागूऔषध सहित एकजना पक्राउ

विराटनगरकाे रानीबाट लागूऔषध सहित एकजना पक्राउ

विराटनगर,३ मङ्सिर । विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट  प्रहरीले लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध एभिल-२० एम्पुल, डाईजेल्याव-२० एम्पुल र लुपिजेसिक-२० एम्पुल सहित सुनसरी धरान उप-महानगरपालिका-१६ बस्ने बर्ष २७ को मदन लिम्बुलाई पक्राउ गरेको हो ।  भारतबाट नेपाल तर्फ आउँदै गरेका लिम्बुलाई चेकजाँचको क्रममा सेतो टेपले बाधेर ढाडमा लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध फेला पारी बरामद गरेको हो । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्