उर्लाबारीमा सुमोको ठक्करबाट पैदयात्रीको मृत्यु, विराटनगरमा टेम्पोले ठक्कर दियाे

<span class='c1'>उर्लाबारीमा सुमोको ठक्करबाट पैदयात्रीको मृत्यु,</span> <span class='c2'>विराटनगरमा टेम्पोले ठक्कर दियाे</span>

उर्लाबारी,३ मंसिर। मोरङको उर्लाबारी नगरपालिका-३ थापा चोकमा सोमबार सुमो गाडीको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ज २९२१ नम्बरको टाटा सुमो गाडीले पैदलयात्री उर्लाबारी नगरपालिका-३ बस्ने वर्ष ५५ को मन बहादुर राईलाई बिहान करिब ५:५० बजे ठक्कर दिएको थियो । बाटो क्रस गर्ने क्रममा सुमोको ठक्करबाट गम्भीर घाइते राईको उपचारको क्रममा बिराटनगर स्थित न्यूरो अस्पतालमा बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । ठक्कर दिने सुमो र चालक ईटहरी उप-महानगरपालिका-५ बस्ने बर्ष २० को राजु राईलाई प्रहरीले नियन्त्रणमा  लिएकाे छ ।

टेम्पोको ठक्करबाट पैदलयात्री घाइते

मोरङको बिराटनगर महानगरपालिका-१४ साल्ट ट्रेडिङ चोकमा सोमवार टेम्पोको ठक्करबाट १ जना पैदलयात्री घाइते भएका छन् । तत्काल नम्बर नखुलेको टेम्पोको ठक्करबाट मोरङको जहदा गाउँपालिका-२ बस्ने बर्ष ५५ को सिताराम मण्डल घाइते भई उपचारको लागि कोशी अंचल अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । ठक्कर दिने टेम्पो र चालक फरार भएकोले खोजीकार्य भईरहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्