बिराटनगरकाे भन्सार ढाटबाट लागूऔषध सहित दुईजना पक्राउ

<span class='c1'>बिराटनगरकाे भन्सार ढाटबाट लागूऔषध</span> <span class='c2'>सहित दुईजना पक्राउ</span>

विराटनगर,३ मङ्सिर । बिराटनगर  महानगरपालिका-१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट प्रहरीले सोमबार छुट्टाछुट्टै समयमा लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । साेमबार दिउँसो  बिराटनगर-६ बस्ने बर्ष २४ को  समर साहलाई लागूऔषध एभिल-३२, लुपिजेसिक-३२ र डाईजेल्याब-३२ एम्पुल र सुनसरी ईटहरी-४ बस्ने बर्ष ३२ को सुवास घिमिरेलाई एभिल-१०, लुपिजेसिक-१०, डाईजेल्याब-१० र फेनारगन-१० एम्पुल सहित पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतको जोगवनीबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्ने क्रममा पाउडरको बट्टा र पाईन्टको गोजीमा लुकाई छिपाई राखेको लागूऔषध फेला पारी बरामद गरेको हो । बरामद लागूऔषध सहित दुबै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्