विराटनगरमा पहिलो पटक रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता  हुने

<span class='c1'>विराटनगरमा पहिलो पटक रोनाल्ड</span> <span class='c2'>म्याकुलिकप क्रिकेट प्रतियोगिता  हुने</span>

विराटनगर ३ मंसिर ।  विराटनगरमा पहिलो पटक प्रथम रोनाल्ड म्याकुलिकप क्रिकेट प्रतियोगिता  हुने भएकाे छ । नेत्रहीन क्रिकेट संघ नेपालले नेत्रहीन खेलाडीहरुको क्षमता विकास एंव आत्मवल वढाउने उदेश्यले प्रतियाेगिता गर्न लागेकाे हाे ।  नेत्रहीन क्रिकेट संघ नेपालले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरि प्रतियाेगिताकाे बारेमा जानकारी गराएको हो ।  मंसिर ५ देखि ८ गतेसम्म विराटनगरको शहिद मैदानमा हुने प्रतियोगितामा म्याग्दी, झापा, वर्दिया तथा त्रिभुवन आर्मी क्लवका द्धन्द पिडित घाइते सैनिक गरी चार टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार तथा द्धितिया हुनेलाई १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न ७५ हजार रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोतिा वि– वन, वि– टु तथा वि थ्रीको आधारमा खेलाइने छ ।

नेपालमा २०६३ सालमा नेत्रहिन क्रिकेट संघ स्थापना भएको हो । १ सय १० जना नेत्रहिन खेलाडिले आधारभुत तालिम प्रदान गरिएको छ । नेपालमा पाँच सय नेत्रहिन क्रिकेट खेलाडि मध्ये २ सय महिला खेलाडि रहेका छन । नेत्रहिन क्रिकेटसंघ , विराटनगर महानगरपालिका तथा स्थानिय समुदायको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको संघका अध्यक्ष पवन घिमिरेले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्