पत्नीलाई सरप्राइज दिन फूलसहित पुगे बाराक ओबामा

पत्नीलाई सरप्राइज दिन फूलसहित पुगे बाराक ओबामा

एजेन्सी, ४ मङ्सिर। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले शनिबार पत्नी मिशेलको किताब प्रचार कार्यक्रममा अकस्मात उपस्थिति जनाएर सबैलाई अचम्मित पारेका छन् । केही दिन अगाडि मात्र लन्च भएको मिशेलको आत्मकथा ‘बिकमिङ’ को प्रचारका लागि उनी ह्वाइटहाउसकै पूर्वसल्लाहकार भेलेर जेरेटलेको एक कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसै क्रममा पति प्रतिको भावनाबारे संवाद गर्दैगर्दा भेलेरले विशेष अतिथिका रुपमा बाराकलाई बोलाएकी हुन् ।यसपछि अमेरिकाकी चर्चित गायिका बियोन्से र उनका पति जेजीको उदाहरण दिँदै बाराकले पनि मिसेललाई सरप्राइज दिन कार्यक्रममा थाहा नदिइ आएको बताएका हुन् । यसअघि जेजीले पत्नी बियोन्सेको एक सांगीतिक कार्यक्रममा यसैगरी अप्रत्यासित भ्रमण गरि प्रेम दर्शाएका थिए । यसै घटनाबारे उल्लेख गर्दै ओबामाले पनि मिशेललाई फूल दिएर प्रेम व्यक्त गरेको संचार माध्यम सिएनएनले जनाएको छ । आफूपनि बियोन्से र जेजी जत्तिकै प्रेममा क्रेजि भएको भन्दै उनले शनिबारको कार्यक्रममा ठट्टा समेत गरेका हुन् ।

यसपछि कार्यक्रममा मिशल र बाराक दुवैले एकअर्काको खुलेर प्रशंसा गर्दै रमाइलो कुराकानी गरेका हुन् । दर्शकहरु पनि लामो समयपछि ओबामालाई प्रत्यक्ष देखेकामा अत्यन्तै उत्साहित भएको बताइएको हो । यसपछि आफूहरुले ८ वर्ष ह्वाइटहाउसमा गुजारेका बारे बताउँदै मिशेलले कार्यक्रममा विभिन्न खुलासा गरेकी हुन् । त्यसबेला व्यस्तताका कारण आफूले कहिल्यै आफ्ना सफलता वा गलतीहरुबारे शान्तसँग सोच्न नपाएको उनले बताइन् । बाराक र आफूले ह्वाइटहाउसलाई घरको वातावरण दिलाउन पहिले त ड्रेस कोड परिवर्तन गरि पहिरनलाई अनौपचारिक बनाएको उनले बताइन् । उनका अनुसार बिहानैको नास्तामा समेत पति अचानक सुटबुट लगाएर आउनुले बारम्बार अफिसको माहोल सिर्जना गर्दथ्यो ।

त्यसैगरी उनको आत्मकथामा उनले व्यक्तिगत जीवनसँगै ट्रम्पबारे पनि केही प्रसंग उल्लेख गरेकी छन् । यस विषयमा कुरा गर्दै उनले ट्रम्पले बाराक ओबामा अमेरिकामा जन्मिएका होइनन् भनेर गलत प्रचार गरेकामा आफूले तिनलाई कहिल्यै माफी दिन नसक्ने र उनका कार्यक्रममा समेत नहाँस्ने बताएकी हुन् । उनको झुटो बयानले आफ्नो परिवारलाई नै संकटमा पारेको भन्दै मिशेलले असन्तुष्टि जनाएकी हुन् । यता ट्रम्पले भने किताबको प्रचार गरि चर्चामा आउन त्यस्तो भनिएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्