अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु

अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु

बीबीसी
संयुक्त राज्य अमेरिकाको शिकागोस्थित मर्सी अस्पतालमा गोलीबारी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अस्पतालका दुई महिला कर्मचारी, एक प्रहरी अधिकारी र स्वयम् बन्दुकधारी हुन् ।

पुलिस प्रवक्ता एन्थोनी गुग्लियोल्मीले आफ्ना एक पुलिस अधिकारी स्यामुनियल जिमेनेजको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जानकारी दिए ।

स्थानीय समायअनुसार सोमबार दिउँसो तीन बजे गोली हानाहानका क्रममा बन्दुकधारी मारिएको प्रहरीका प्रवक्ताले जानकारी दिए । उनले स्वयंलाई गोली चलाए नचलाएको बारे स्पष्ट जानकारी उपलब्ध छैन ।

बन्दुकधारीले आफूसँग सम्बन्ध रहेको एक महिलालाई लक्षित गरी गोली चलाएको प्रहरीले जनाएको छ ।

यद्यपि उनले गोली चलाउनुको उद्देश्य थाहा हुन नसकेको प्रहरीको भनाइ छ ।घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिएसँगै मर्सी अस्पताललाई खाली गराइएको थियो ।

पछि अस्पतालले दर्जनौँ बिरामी र स्वयम् अस्पतालको सुरक्षा सुनिश्चित गर्न प्रहरी सफल भएको बताएको थियो ।

शिकागो प्रहरीका एक प्रवक्ताका अनुसार बन्दुकधारीले अस्पतालको कार पार्किङ स्थलमा फायरिङ थालेपछि कैयौँ राउण्ड गोली चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्