विराटनगरको एभरेष्ट स्कुलकाे निर्माणधिन भवनको कच्चा पद्धार्थ बंगलादेशबाट आयात हुँदै

<span class='c1'>विराटनगरको एभरेष्ट स्कुलकाे निर्माणधिन भवनको</span> <span class='c2'>कच्चा पद्धार्थ बंगलादेशबाट आयात हुँदै</span>

विराटनगर, ४ मंसिर । नेपालका लागि बंगलादेशकी राजदुत मास्फी विन्तेसाम्सले विराटनगरको एभरेष्ट सेकेण्डरी स्कुलले दुईदेशबिचको व्यापार प्रवद्र्धनको प्रयास गरेको बताएकी छन् । मंगलबार एभरेष्ट कलेजको निर्माणाधिन परियोजनाको अवलोकन गर्न पुगेकी राजदुत विन्तेसाम्सले वंगलादेशमा निर्माण भएका स्टिल लगायतका कच्चा पद्धार्थको प्रयोग गरेर नेपाल– बंगलादेश बिचको व्यापार प्रर्वद्धन गरेको बताएकी हुन् । उनले भनिन्, ‘यसले दुवै देशको हित हुन्छ । निजि क्षेत्रबाट यति ठूलो संरचना तयार गर्दा बंगलादेशको सामान प्रयोग गर्नु दुवैदेशका लागि सुखद हो, राजदुत विन्तेसाम्सले भनिन् दुईदेशीय व्यापार प्रवद्र्धन गर्न यो कोशेढुंगा (माइल स्टोन) हुनेछ । नेपालको उत्पादन बंगलादेश र बंगलादेशको उत्पादन नेपालमा प्रयोग भए दुवै देशले फाईदा लिनसक्ने बताईन् ।
शैक्षिक क्षेत्रमा निजि क्षेत्रबाट यति ठूलो लगानी हुनु देशका लागि पनि गौरवको विषय हुने उनले तर्क गरिन् । श्रीमान् मिन्हासुर रहमान र फष्ट सेक्रेटरी मेहवुल हकसहित निर्माणाधिन परियोजना हेर्न पुगेकी राजदुत विन्तेसाम्सलाई परियोजनामा प्रयोग हुने प्रविधि, कच्चा पद्धार्थलगायत त्यसबाट पुग्ने फाइदाका विषयमा हिमालय कन्स्ट्रक्सन कम्पनी प्रा.लि.का सिइओ निलमणि सापकोटाले जानकारी गएका थिए ।
निर्माणाधिन परियोजनामा नविनतम् र आधुनिक प्रविधिको प्रयोग गरिएको जानकारी दिँदै एभरेष्ट स्कुलका प्रिन्सिपल टीकाराम पुरीले यसबाट भूकम्प लगायतका प्राकृतिक विपद्बाट पुग्नसक्ने क्षती न्यूनिकरण हुने विश्वास ब्यक्त गरे । ५० करोडको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको यस परियोेजनाको पहिलो चरणको काम भने शुरु भएको छ । यहि चैत मसान्तसम्म २५ करोड रुपैयाँको अनुमान लागतमा ४२ कोठाको सुविधासम्पन्न शैक्षिक भवन, राष्ट्रिय खेलकुद गराउन सक्ने मापदण्डको स्वीमिङ पुल, फुटबल, भलिवल, बास्केटबल, टेवलटेनिस, क्रिकेटलगायतका खेलका लागि स्पोर्ट्स जोन, फिटनेश सेन्टर, मन्दिर, गार्ड हाउस, क्यान्टिन र शौचालय लगायतका संरचना तयार हुनेछन् ।
प्रिन्सिपल पुरीले भने, ‘हामीले नेपालमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक शैक्षिक भवन निर्माण गर्न लागेका हौं, यसमा वातानुकुलित कक्षा कोठादेखि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका आवश्यक सवै कुरा निर्माण हुनेछन् ।’ तीन विघा क्षेत्रमा फैलिएको यस शैक्षिक संस्थामा कक्षा ११ र १२, स्नातक तह र स्नातकोत्तर तहसम्म अध्ययापन गराइने प्रिन्सिपल पुरीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्