उर्लावारीमा आगलागीमा १ करोड ११ लाख बढीकाे क्षती

उर्लावारीमा आगलागीमा १ करोड ११ लाख  बढीकाे क्षती

विराटनगर, ४ मंसिर ।
मोरङ, ४ मंसिर । ,मोरङको उर्लावारीमा आज दिउँसो भएको आगलागीबाट एक करोड ११ लाख बढीको क्षती भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ इटहरा रोड बस्ने भक्तराम अधिकारीको काठको २ तले घरमा अचानक आगलागी भएको थियो । अधिकारीको आफ्नै किराना पसलबाट बिद्युत सर्ट भई आगलागी हुँदा अधिकारीको घर सहित सुन, नगद सहित एक करोड ११ लाख बढी क्षती भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै आगलागीबाट छिमेकी अर्जुन न्यौपानेको घर समेत जलेर नष्ट भएकोे छ । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानियबासी बिभिन्न स्थानबाट आएका ६ वटा दमकलको सहयोगमा साँझ पूर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्