देउवाले विराटनगरमा भने– ‘म पार्टी भित्र अनुशासन कायम गराउन लागेको छु’

देउवाले विराटनगरमा भने– ‘म पार्टी भित्र अनुशासन कायम गराउन लागेको छु’

विराटनगर,४ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अनुशासित हुनु पर्ने बताएका छन् । अनुशासनको पालनाविना राजनीतिक पार्टीको निर्माण हुन नसक्ने बताउँदै कांग्रेसलाई बनाउन पहिला अनुशासन पालनाको लागि आफु क्रियाशिल रहेको बताए ।
पार्टीको आगामी महासमितिको बैठकका लागि विराटनगरमा आयोजित प्रदेश नम्बर १ स्तरीय सुझाव सङ्कलन कार्यक्रमको उद्घाटन कार्यक्रममा देउवाले पहिलो काम पार्टीलाई चुस्त र दुरुस्त राख्नको लागि आफु लागिरहेको बताएका हुन ।
आफ्नै जिल्लाको निर्वाचनमा हार ब्यहोर्नुपरेको स्मरण गर्दै उनले कहाँ–कहाँ के–के कमजोरी भए भनेर छानबिन भइरहेको स्पष्ट पारे। पुरानो रोग अन्तरघातको सिकार भएको भन्दै उनले दुई पार्टी मिलेपछि उनीहरू बलिया देखिए। सभापति देउवाले वर्तमान सरकार अधिनायकवादमा जान्छ भनेर आफूले पहिले नै घोषणा गरेको सुनाउँदै सरकारले न्यायालय, प्रहरी, आमसञ्चार, सेना र निर्वाचन जस्ता लोकतान्त्रिक पद्धतिका सबै अङ्ग र निकाय कब्जा गरिरहेको टिप्पणी गरे।निर्मला पन्तका हत्यारा सरकारले चाहेर पत्ता नलगाएको आरोप लगाएका छन् । यदी सरकारले चाहन्थयो भने हत्यारा पत्ता लग्ने दावी गरेका सभापति देउवाले सरकारनै नै हत्यारा लुकाऊँ भन्नेमा लागेको र पत्ता लगाउन नचाहेको भन्दै सरकारको आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्