मिस पुर्वेली सुपर मोडलको ७ औं सस्करण हुदै, पहिलो अडिसन मंसिर ८ गते

मिस पुर्वेली सुपर मोडलको ७ औं सस्करण हुदै, पहिलो अडिसन मंसिर ८  गते

प्रेम देवान
विराटनगर ५ मंसिर । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुन सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ हुने भएको छ ।
ए–वान इन्टरटेनटमेन्टले हरेक बर्ष गर्दै आएको मिस पूर्वेली सुपर मोडल सातौं सस्करणको पहिलो अडिसन आगामी मंसिर १० गते विराटनगरमा हुने भएको छ । पूर्वी जिल्लामा रहेका १६ देखि २५ वर्ष समूहका अविवाहित किशोरीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्ने छन् । प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजार नगद सहित १० लाखको लाईफ ईन्सोरेन्स र एक हप्ता सम्मको ईन्डोनेसियाको वाली भन्ने स्थानमा टुर जान पाउने छन् ।
यस अघि स्कुटर र नगद पुरस्कार दिदै आएको थियो । त्यसैगरी फस्ट रनरअपले नगद १ लाख र ५ लाखको ईन्सोरेन्स र वालीको टुर रहेको मिस पुर्वेली सुपर मोडलका ईभेन्ट मेनेजर रोनक अग्रवालले जानकारी दिए ।
छनौट भएका किशोरहरुलाई बन्द प्रशिक्षणमा राखेर व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप भिन्न पहिचानको साथ उत्कृष्ट प्रस्तुती सम्बन्धी तालिम प्रदान गरिने छ । ए–वान इन्टरटेण्डमेन्टले विराटनगरमा २०१२ देखी निरन्तर रुपमा सौर्दय प्रतियोगीता गराउदै आएको छ । यस सुन्दरी प्रतियोगिताको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्