बिराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल आउदै

बिराटनगरको भाटभटेनीमा क्युएफएक्स सिनेमा हल आउदै

बिराटनगर मङ्सिर ५ ,

बिराटनगरमा भाटभटेनी सुपर मार्केट खुलेपछि सर्वसाधारण उत्साहित भएका छन् , संचालनको छोटो समयमा नै करोडौको कारोबार गर्नुले उक्त कुरालाइ पुष्टि गरेको छ । बिराटनगरमा सपिंङ मल तथा सिनेमा हल खुल्ने क्रम जारीरहेको अवस्थामा  बिराटनगरको  भाटभटेनी सुपर मार्केटमा क्युएफएक्स सिनेमा हल संचालनमा आउने भएको छ । भाटभटेनीमा दुई वटा हल भएको क्युएफएक्स सिनेमा हल संचालन हुनेछ । उक्त हल आगामी ७ महिनामा संचालनमा ल्याउने तयारी रहेको छ ।

नयाँ र अत्याधुनिक क्युएफएक्स प्रविधिका साथ उक्त हल संचालनमा आउने छ । उच्च प्रविधिमा एउटै छातामुनि अत्याधुनिक २ वटा पर्दामा छुट्टाछुटटै फिल्म हर्ने मिल्ने सिनेमा घर निर्माण गर्न लागिएको भाटभटेनी सुपर मार्केटका बिनोद भट्टराईले आवर बिराटनगर डट नेटलाइ जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्