विराटनगरकाे अाइटी कम्पनीले बनाएकाे वेबसाइट उत्कृष्ट डिजाइनमा पर्न सफल

विराटनगरकाे अाइटी कम्पनीले बनाएकाे वेबसाइट उत्कृष्ट डिजाइनमा पर्न सफल

संसारभर वेबसाइट निर्माणका लागि चर्चित सफ्टवेयर वर्डप्रेस (WordPress) मा प्रयाेग हुने डिवि (DIVI) थिमकाे प्रयाेगबाट निर्माण भएकाे वेबसाइटहरु मध्ये विराटनगरकाे एक कम्पनीले निर्माण गरेकाे वेबसाइट उत्कृष्ठमा पर्न सफल भएकाे छ । डिवि थिमले नाेवेम्बर महिनाकाे लागि सार्वजनिक गरेकाे उत्कर्ष्ठ डिजाइनहरु मध्ये विराटनगरकाे अाइटि कम्पनी अाइटी सर्भिस नेपालले निर्माण गरेकाे वेबसाइट चाैथाे नम्बरमा पर्न सफल भएकाे छ । उक्त साेकेसमा संसारभरका अाइटी कम्पनी र वेब डिजाइनरहरुले बनाएकाे १० वेबसाइट छानिएका छन् । छानीएका वेबसाइट मध्ये अाइटी सर्भिस नेपाल (IT Service Nepal) ले बनाएकाे वेबसाइट द ब्लग क्रिएटिभ (www.theblogcreative.com) चाैथाे नम्बरमा परेकाे छ ।

[caption id="attachment_69809" align="alignleft" width="300"] अाइटि सर्भिस नेपालका सहसंस्थापक तथा वेब डिजाइनर अबि बिक्रम राणा ।[/caption]

साेकेसमा उक्त साइटलाइ समावेश गर्दै डिवि थिमले लेखेकाे छ, 'सफा डिजाइनमा बनाइएकाे याे वेबसाइटमा खाली स्थान र सुन्दर कलरकाे प्रयाेग गरिएकाे छ । अझ यसमा प्रयाेग गरिएकेा अाकर्षक ब्याकग्राउन्डहरुले सबैलाइ माेहित बनाउछ । याे वेबसाइट सुन्दर कलर, ग्राफिक्स र तस्विरहरुकाे लागि एक उदाहरण हाे ।'
विराटनगरमा मुख्य कार्यालय राखि संसारभरकाे वेबसाइट तथा सफ्टवेयर निर्माण गरिरहेकाे अाइटि सर्भीस नेपालका सहसंस्थापक अबि बिक्रम राणाले यस वेबसाइटकाे डिजाइन गरेका हुन् ।
कम्पनीले अाफ्नाे बिदेशी क्लाइन्ट सेसिल साेलमेरानाेकाे लागि यस साइटकाे निर्माण गरिदिएकाे कम्पनीका ‍‍‍सहस‌ंचालक कमल साहले बताए । 'याे हाम्राे लागि मात्र हैन, प्रविधिकाे क्षेत्रमा विस्तारै फड्काे मारिरहेकाे नेपाली युवाहरुद्वारा संचालित सबै अाइटी कम्पनीका लागि विशेष उपलब्धी हाे ।', उनले भने 'अागामी दिनमा अझै ठुला उपलब्धी पाउनेमा विस्वस्त छु ।'

अागामी पाैष महिनामा विराटनगरमा हुन लागेकाे वर्डप्रेस प्रयाेगकर्ताहरुकाे सबै भन्दा ठुलाे कार्यक्रम वर्डक्याम्प विराटनगरकाे संघारमा विराटनगर कै एक कम्पनीले पाएकाे यस उपलब्धीले यस क्षेत्रका प्रविधि प्रेमीहरुलाइ थप उत्साहित बनाएकाे विस्वास गरिएकाे छ ।

डिविले सार्वजनिक गरेकाे लिस्ट यस लिंकबाट हेर्नुहाेस् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्