विराटनगरकै सुन्दरी प्रतियोगिता ‘मिस पूर्वेलीमा’ मिस नेपालको भन्दा ठूलो धन राशीको पुरस्कार

विराटनगरकै सुन्दरी प्रतियोगिता ‘मिस पूर्वेलीमा’  मिस नेपालको भन्दा ठूलो धन राशीको पुरस्कार

 

प्रेम देवान ।
विराटनगर, ५ मंसिर । सुन्दरी प्रतियोगिता गर्ने आयोजकहरुले विजेताहरुलाई हत्तपत पुरस्कार दिन आनाकानी गर्ने गरेको पाईन्छ । पुरस्कार जितेर पनि आफूले जितेको पुरस्कार पाउन आयोजकसँग बर्षौदिन कुर्नुपर्ने बाध्यता छ । पुरस्कार दिए पनि एक लाख वा बढीमा दुई लाख दिएर टार्ने गरेका धेरै उदाहण छन् । तर अहिले स्वच्छ र पारदर्शी रुपमा सुन्दरी प्रतियोगिता गर्ने भनेर विराटनगरमा रहेको ए–वान ईन्टरटेनमेन्ट यतिबेला लागी परेको छ ।
यसैविच प्रदेश नम्बर एकमा ए–वान ईन्टरटेन्मेन्ट प्रालिले पहिलो पटक मिस नेपाल भन्दा ठूलो राशीको पुरस्कारको घोषणा गरेको हो । किशोरीहरुमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ पुनः सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल २०१८ का विजेतालाई आफूहरुले २ लाख ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।
ए–वान ईन्टरटेनमेन्ड प्रा.लि., खिचिक्क फोटो फेक्ट्री, भिजिवल विज्ञापन एजेन्सीले विराटनगरमा सयुक्त रुपमा पत्रकार सम्मेनलको आयोजना गरी ७ औं सस्करणको मिस पुर्वेली सुपर मोडल हुने बारे जानकारी गराएको छ ।
ए–वान इन्टरटेनमेन्टले हरेक बर्ष गर्दै आएको मिस पूर्वेली सुपर मोडल सातौं सस्करणको पहिलो अडिसन आगामी मंसिर ८ गते महेन्द्र चोकमा रहेको टेन्स एलाभेन लाउन्जमा हुने ए– वान ईन्टरटेनमेन्टका अध्यक्ष किरण लामाले जानकारी दिए । प्रदेश १ का १८ देखि २५ वर्ष समूहका अविवाहित किशोरीहरुले प्रतियोगितामा सहभागिता जनाउन सक्ने लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद २ लाख ५० हजारसहित १० लाखको लाईफ ईन्सोरेन्स र एक हप्ताको ईन्डोनेसियामा टुर जान पाउने छन् । यस अघि स्कुटर र नगद पुरस्कार दिँदै आएको थियो । त्यसैगरी फस्ट रनरअपले नगद १ लाख सहित ५ लाखको ईन्सोरेन्स र वालीको टुर साथमा एयर होस्टेजको फ्रि टे«निङ पनि प्राप्त गर्ने भएका छन् । प्र्रतियोगिताको फाइनल पुस १४ गते विराटनगरमा हुनेछ । प्रतियोगिताको कोरियाग्राफर सृृजना  रेग्मीले गर्नेछन् भने प्रतियोगिताको सम्पूर्ण डिजाइन पूर्व मिस नेपाल माल्बिका सुब्बाले गर्ने जानकारी दिईएको थियो ।
छनौट भएका किशोरीहरुलाई बन्द प्रशिक्षणमा राखेर व्यक्तित्व विकास, सामाजिक दायित्व देखि लिडरसिप भिन्न पहिचानको साथ उत्कृष्ट प्रस्तुती सम्बन्धि तालिम प्रदान गरिने छ । ए–वान इन्टरटेनमेन्टले विराटनगरमा २०१२ देखी निरन्तर रुपमा सौन्दर्य प्रतियोगिता गराउँदै आएको छ । सुन्दरी प्रतियोगिताको अनलाईन मिडिया पार्टनर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्