विराटनगरका सामाजसेवी गोयलले बालबालिका र बृद्धालाई दिए एक बर्षको खाजा

विराटनगरका सामाजसेवी गोयलले बालबालिका र बृद्धालाई दिए एक बर्षको खाजा

विराटनगर,५ मसिर । विराटनगरका समाजसेवी तथा उद्योगी दीनबन्दु गोयलद्धारा विराटनगर १३ मा रहेको पूर्वाञ्चल वाल सेवा आश्रममा रहेका बालवालिका तथा वृद्धाहरूकोलागि एक वर्षसम्म पुग्ने खाजा सहयोग गरेका छन् ।
सामाजसेवी गोयलले बुधबार आश्रममै पुगेर ४८ बोरा चिउरा र ४८ बोरा भुजा आश्रमलाई सहयोग गरेका हुन् । अहिले एक महिनाको लागि खाजा सहयोग गरेपछि समाजसेवी गोयलले एक वर्षसम्म पुग्ने खाजाको व्यवस्था गरिने बताएका छन् । उनले एक वर्षसम्मको लागि ४८ बोरा भुजा र ४८ बोरा चिउँरा सहयोग गर्ने छन् । सहयोग कार्यक्रममा बोल्दै समाजसेवी गोयलले साना बालवालिकाहरूको उज्वल भविष्य बनाउन खाजा खर्च सहयोग गरेको बताए । उनले आश्रममा रहेका बालवालिका र वृद्धाहरू आफ्नो परिवार ठानेर सहयोग गरेको बताए । हाल आश्रममा ६५ जना बालवालिका र १५ जना वृद्धाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्