आरती स्ट्रिप्सले मंसिर महिनाभित्रै टिएमटी फलामे डन्डी उत्पादन गर्ने

<span class='c1'>आरती स्ट्रिप्सले मंसिर महिनाभित्रै टिएमटी</span> <span class='c2'>फलामे डन्डी उत्पादन गर्ने</span>

विराटनगर, ६ मङ्सिर। भारतीय लगानीमा मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालित आरती स्ट्रिप्सले मंसिर महिनाभित्रै टिएमटी फलामे डन्डी उत्पादन गर्ने भएको छ। उद्योगका उपाध्यक्ष सञ्जीव शर्माका अनुसार उद्योगबाट दैनिक ७ सय टन फलामे डन्डीको उत्पादन सुरु गर्न लागिएको हो।उद्योगले बजारको मागअनुसार ‘टाइगर’ र ‘प्राइम’ ब्रान्डमा ८ देखि ५० एमएम सम्मका टिएमटी छड उत्पादन गर्ने शर्माले बताए। सन् २००१ देखि जस्ता पाताको उत्पादन सुरु गरेको आरती स्ट्रिप्सले हाल दैनिक ३ सय टन जस्ता पाता र ६० टन फलामे पाइपको उत्पादन गरिरहेको छ।टिएमटी छडको कारखाना विस्तार गरेर उत्पादन गर्ने योजना ७ वर्ष पूरानो रहेको र त्यही बेलादेखि प्रक्रिया सुरु गरिएको शर्माले बताए । यसका लागि ३ सय करोडको लगानी गरिएको छ ।हालसम्म प्रति दिन ५ मेगावाट विद्युत् खपत गर्दै आएको आरतीलाई डन्डीको उत्पादन सुरु भएपछि १० मेगावाट चाहिनेछ।

कुनै बेला वार्षिक ६ सय करोड रुपैयाँको जस्ता पाता निकासी गरेको आरतीको निकासी ३–४ वर्ष यता ३ सय करोडमा खुम्चिएको छ । भूकम्पपछि नेपालकै मागलाई पूरा गर्न नसकेकाले निर्यात घटाउनु परेको शर्माले बताए । नेपालमा हाल रङ्गीन जस्ता पाताको माग प्रशस्त रहेको उनको भनाइ छ ।उपाध्यक्ष शर्माले फलामे डन्डीको कारखाना २० घण्टा सञ्चालन गरिने र बाँकी ४ घण्टा मेन्टेनेन्स गरिने जनाए ।

डन्डी उत्पादनका लागि इटालीको डेनली कम्पनीबाट ल्याइएको मेसिन नेपालमा पहिलो भएको र यत्तिको अत्याधुनिक र स्वचालित मेसिन नेपालमा नभएको उनले उल्लेख गरे ।उनले छडको उत्पादनदेखि बाइन्डिङसम्म अटोमेटिक मेसिनबाट हुने र चुम्बकीय पद्धतिको क्रेनबाट लोडअनलोड गरिने स्पष्ट पारे । इटालीको मेसिन भएपनि छडको कच्चा पदार्थ बिलेट भने भारतमै उत्पादित हुनेछ । भारतको स्टिल अथोरिटी लिमिटेड, जिन्दल स्टिल वक्र्स लगायतका ठूला र ब्रान्डेड कम्पनीबाट बिलेटको आयात गरिने शर्माले बताए । बिजमाण्डु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्