जन्ती लिएर जाँदै गरेका दुलाहालाई गोली लागे पनि रोकिएन विवाह !

जन्ती लिएर जाँदै गरेका  दुलाहालाई   गोली लागे पनि रोकिएन विवाह !

बीबीसी । भारतमा जन्ती लिएर जाँदै गरेका एक दुलाहालाई बाटैमा गोली प्रहार गरिएपनि आफ्नो प्रतिज्ञा पूरा गर्न उनी विवाहमा फर्किएका हुन् । दिल्ली पुलिसले जनाएअनुसार गोली लागेपछि अस्पताल पुर्याइएका २५ वर्षीय दुलाहा केही घण्टाको शल्यक्रियापछि पुनः समारोहमा पुगेर विवाह सम्पन्न गराएका हुन् ।  यसरी हातमा गोली लिएरै उनी आफ्नी दुलहीकहाँ पुगेर सबैलाई अचम्मित पारेका हुन् । घटनापछि साथीभाइ र परिवारको सहायताले उनलाई अस्पताल पुर्याइएको थियो । तर चिकित्सकहरुले ठूलो शल्यक्रिया बिना गोली निकाल्न नसक्ने बताएपछि रगत रोकथाम गरि उनी फेरि विवाहमा पुगेका हुन् । ठूलो आवाजमा नाचगान भइरहेको माहोलमा दुई व्यक्तिहरु अचानक दुलाहाको रथमाथि चढेपछि परिवारलाई शंका लागेको बताइएको छ ।  खोजी भइरहेका दुवै अपराधीहरु मोटरबाइकमा आएको बताइएको छ । भारतमा यसरी दुलाहामाथि गोली प्रहार भएको यो पहिलो घटना भने होइन । गत अप्रिलमा पनि गोली लागेकै कारण एक दुलाहाको मृत्यु भएको थियो । यसरी गोली प्रहारपछि पनि अपराधीले विवाह रोक्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्