औद्योगिक विकासबाट नै मुलुक समृद्ध हुने -मन्त्री पण्डित

<span class='c1'>औद्योगिक विकासबाट नै मुलुक</span> <span class='c2'>समृद्ध हुने -मन्त्री पण्डित</span>

विराटनगर, ७ मङ्सिर। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले औद्योगिक विकासबाट नै मुलुक समृद्ध हुने बताएका छन् । उद्योग सङ्गठन मोरङद्वारा शुक्रबार विराटनगरमा आयोजित “औद्योगिक तथा व्यावसायिक प्रवद्र्धनमा स्थानीय सरकारको भूमिका र स्थानीय आर्थिक ऐनले पारेको प्रभाव 'विषयक छलफलमा उनले भने, “वैदेशिक रोजगारबाट आर्जन हुने रेमिट्यान्सबाट दिगो आर्थिक विकास कायम हुन नसक्ने भएकाले मुलुकमा औद्योगिक विकास वा क्रान्ति अहिलेको आवश्यकता हो ।'

मन्त्री पण्डितले दक्ष युवा जनशक्तिलाई स्वदेशमा रोजगारी उपलब्ध भएमा मात्र मुलुक समृद्ध हुन्छ भन्दै सहजरुपमा उद्योग स्थापनाका लागि सङ्घीय सरकारले मुलुकका आठ स्थानमा ठूलो औद्योगिक क्षेत्र स्थापना गर्न लागेको जानकारी दिए  । यस्ता क्षेत्रमा स्थापित उद्योगबाट रोजगारी उपलब्ध हुनुका साथै वैदेशिक व्यापार घाटा न्यूनीकरणमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले जनताबाट उठाएको रकम राजश्वका रुपमा सरकारलाई बुझाउन पनि उद्योगी व्यवसायीलाई आग्रह गरे।

प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजश्व बाँडफाँड र प्राकृतिक स्रोत साधनको दिगो उपयोग अहिले वित्तीय सङ्घीयताको समस्याका रुपमा देखिएको उल्लेख गर्दै यसको समाधानका लागि सङ्घीय सरकारले वित्तीय आयोग गठन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।  विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अवैज्ञानिक करको परिमार्जन हुनुपर्ने बताए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्