गाउँमा कविताको ३० औ महिना पुरा, वाचन भएका अधिकांश कविता महिलावादी

<span class='c1'>गाउँमा कविताको ३० औ महिना पुरा,</span> <span class='c2'>वाचन भएका अधिकांश कविता महिलावादी</span>

विराटनगर, ८ मंसिर ।
गाउँमा कविता श्रृङ्खलाको ३० औ भाग पुरा भएको छ । झोराहाट नाट्य केन्द्रमा आयोजित ३० औ श्रृङ्खलामा पनि ४ जना कविहरुले आफ्नो कविता सुनाएका छन् । यसरी कविता सुनाउनेमा मोरङ देखि मकवानपुर सम्मका कवि थिए । कवि शंकर सुबेदी, तिला लेकाली, अनिता न्यौपाने तथा नारायण पौडेलले कविता वाचन गरे । सुवेदी, लेकाली र पौडेल पुर्बका हुन भने न्यौपाने मकवानपुरबाट गाउँमा कवितामा छनौट भएर आएकी श्रष्टा हुन् ।
कविहरुले वाचन गरेका अधिकांश कविताहरु नरीवादमा आधारित थिए । महिलाका पिडा, छट्पटाहट, अहिलेसम्म देखिएका समस्या र त्यसको निरुपणको बारेमा पनि कविताबाट नै कविहरुले आगो ओकलेका थिए । हरेक कविले एउटा कार्यक्रममा ४ वटा कविता सुनाउने नियम अनुसार पहिलो २–२ कविता र त्यसपछिको २–२ वटा कविता सुनाएका थिए । प्रस्तुत गरिएका कवितामा मनको आकार, नारी, सपुत नारी, म धुलो, मन टुक्रिएपछि, अन्तिम पत्र बुबालाई, कतै भेटिउन् कतै नभेटिन्, सुन्दरी केटीको बयान लगायतका कविताले दर्शकको वाहवाही पाएको थियो ।
केन्द्रका अध्यक्ष भरत गुरागाईले जाडोको मौसक शुरु भईसकेको भएपनि झोराहाटमा कविताको तालोले सबैलाई न्यानो थपिएको जानकारी दिए । गाउँमा कविताको श्रृङ्खलामा ३० औ महिनासम्म पुग्नुमा सबैको साथको उच्च प्रशंसा गर्दै उनले अनन्तकालसम्म यो गाउँमा कविताको श्रृङ्खलालाई लैजाने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्