विराटनगरका साैन्दर्यकर्मीले भने–‘सौन्दर्यकला पेशालाई व्यावसायिक बनाउँछौ’

विराटनगरका साैन्दर्यकर्मीले भने–‘सौन्दर्यकला पेशालाई व्यावसायिक बनाउँछौ’

प्रेम देवान ।
विराटनगर, ८ मसिर । सुन्दरता आफैमा राम्रो शब्द पनि हो । सुन्दर बनिनको लािग सौन्दर्यताको खाँचो छ । आज त्यही सन्दर बनाउन लागिपरेका विराटनगरका सौन्र्दयकलाकर्मीहरु एक जुट भएका छन् । विराटनगर भरी छरिएर बसेका सौन्दर्यकलाकर्मीहरुले आफ्नो पेशालाई व्यावसायिक बनाउदै लैजाने घोषणा गरे ।
सौन्र्दयकला एउटा व्यावसाय भएका कारण यसलाई पनि राज्यले हेर्नु पर्ने बताएका छन् । विराटनगरमा छरिएर रहेका सौन्र्दय कला व्यावसायलाई एक ढिक्का बनाएर लैजानको लागि शनिबार विराटनगरमा भएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको प्रथम महानगरभेला तथा नगर कमिटि गठन कार्यक्रममा उनीहरुले सौन्दर्यकर्मीहरुले अन्य व्यावसाय जस्तै बनाएर लैजाने बताए ।
कार्यक्रममा राष्ट्रिय सौन्र्दय कर्मी युनियन केन्द्रिय शिक्षा विभाग सचिव ममता प्रधानले राज्यले अन्य पेशा व्यावसायलाई जस्तै सोन्दर्यकला व्यावसायलाई पनि पेसा र हकहितमा लाग्नु पर्ने बताए । कार्यक्रममा नेपाल टे«ड युनियन महासघ जिफन्ट प्रदेश नम्बर एक महिला संयोजक निलम ढुङ्गेलले सौन्र्दय व्यवसायमा आवद्ध महिलाहरु पनि दिनभरी काम गरेर आफ्नो व्यवसायमा लग्नुपर्ने भएका कारण उनीहरुको पेशा र व्यावसायको सुरक्षा हुनुपर्ने बताईन् । राज्यले सौन्दर्य व्यावसायलाई पनि अन्य पेशा जस्तै स्थान दिईनु पर्नेमा जोड दिईन् ।
महानगर कमिटिमा पहिलाे पटक  मुस्लिम नेतृत्व 
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरको अध्यक्षमा पहिलो पटक मुस्लिम समुदायबाट सयदा तवस्सुमको संयोजकत्वमा १३ जनाको कार्यसमिती चयन गरिएको छ । विराटनगरमा शनिबार भएको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरको प्रथम महानगरभेलाले उपाध्यक्षमा अनिता पोखरेल, सचिवमा गगां तामाङ, सह सचिवा भली सुब्बा, कोषाध्यक्षमा गिता खड्की चयन भए ।
त्यसैगरी महानगर कमिटि सदस्यमा गिताञ्जली शर्मा,सरिता थापा, सिता चौधरी, गायत्री घिमिरे, जुली प्याकुरेल,मन्दिरा भट्टराई, नितु सुवेदी र प्रिति कर्णलाई चयन गरिएको छ ।
नव गठित सदस्यहरुलाई नेपाल टे«ड यसनियन महासघ जिफन्ट प्रदेश नम्बर एक कमिटि महिला संयोजक निलम ढुङ्गेल, राष्ट्रिय सौन्र्दय कर्मी युनियन केन्द्रिय शिक्षा विभाग सचिव ममता प्रधान, नेपाल पत्रकार महासघ मोरङ शाखाका सदस्य नविन कर्ण, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल मोरङकी अध्यक्ष ललिता धिमाल, सचिव सुमी राई लगायतलेसफलताको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्