विराटनगर जेसीजको अध्यक्षमा सेवक

विराटनगर जेसीजको अध्यक्षमा सेवक

विराटनगर, ८ मंसिर । विराटनगर जेसीजको अध्यक्षमा सेवक बजगाई निर्वाचित भएका छन् । बजगाई वर्ष २०१९ को लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
विराटनरस्थित एजेलिया बोर्डिङ स्कूलका प्रिन्सिपल तथा प्याब्सनको समेत आवद्ध रहेका बजगाई जेसिजको विभिन्न पदमा रहेका थिए । विराटनगर जेसीजको वरिष्ठ कार्यकारी उपाध्यक्षमा उज्जवल खरेल, कार्यकारी उपाध्यक्षमा विकास रौनियार, राजन पराजुली, उपाध्यक्षमा अशिनाश थापा, विज्ञान बस्नेत, जीवन पराजुली, केशव बस्नेत रहेका छन् । त्यस्तै जनसम्पर्क अधिकारी मन्दिप ओझा रहेको छन् । शनिबार जेसीज भवनमा भएको निर्वाचनबाट उनीहरू सर्वसम्म निर्वाचित भएको निर्वाचन आयुक्त श्यामसुन्दर मिलन पौडेलले बताए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष बजगाइले अफ्नो कार्यकालमा विभिन्न कार्यक्रम ल्याउँदै जेसिजलाई अगाडी बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्