विराटनगर जेसिजले शुरु गर्यो, जेसिज सप्ताह

विराटनगर जेसिजले शुरु गर्यो, जेसिज सप्ताह

विराटनगर, ९ असोज ।
विराटनगर जेसीजको जेसीज सप्ताह २०१८ सुरु भएको छ । शनिवारबाट शुरु भएको सप्ताहको उद्घाटन कार्यक्रममा बैठक संचालन विधि सम्बन्धि तालिमको आयोजना गरिएको मुख्य संयोजक सेवक बजगाईले बताए ।
कार्यक्रममा बिराटनगर महानगरपालिकका जनप्रतिनधिहरूलाई बैठक संचालन बिधि बारे नेपाल जेसीजका पूर्व अध्यक्ष बिमल श्रेष्ठले सहजिकरण गरेका थिए । कार्यक्रमको अध्यक्षता बिराटनगर जेसिजको अध्यक्ष राजेन्द्र थपलियाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि बिराटनगर महानागरपालिकका मेयर भीम पराजुलीले जेसिजले सामुदायिक काममा महत्वपुर्ण सेवाभावको रुपमा काम गर्दै आएको बताए ।
विराटनगर जेसिजले बिगत समयझै यस वर्ष पनि विभिन्न सप्ताहब्यापी कार्यक्रम सार्बजनिक गर्दै शनिवार देखि शुरु गरेको । बिराटनगर जेसिजका जनसम्पर्क अधिकारी केशब बस्नेतले जानकारी दिए । जेसीजले युवाहरुको नेतृत्व, व्यक्तित्व र क्षमता बिकास सम्बन्धि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्