विराटनगरकी युवा अभियान्ता अनुपमा युवा सम्मेलनमा श्रीलका प्रस्थान

विराटनगरकी युवा अभियान्ता अनुपमा युवा सम्मेलनमा श्रीलका प्रस्थान

विराटनगर १० मंसिर । विराटनगरकी युवा अभियान्ता अनुपमा बास्तोला दक्षिण एशियाली युवा सम्मेलन २०१८ मा सहभागी हुन नेपालबाट श्रीलंका प्रस्थान गरेकी छिन् ।

श्रीलंकाको कोलोम्बोमा २८ नोभेम्बर देखि डिसेम्बर १ सम्म हुने कार्यक्रममा युवा नेतृत्व र दिगो विकासका लक्ष्यहरुमा छलफल हुने कार्यक्रममा बास्तोला त्यस तर्फ प्रस्थान गरेकी हुन् ।
। अन्तर्रा्ष्ट्रिय युवा समितीले आयोजना गरेको कार्यक्रम दक्षिण एशियाबाट युवाहरुको सहभागिता रहने छ । युथ फर ब्लडको अभियान्ता, लियो क्लब अफ विराटनगर ईनोभेटिभ कि पुर्व अध्यक्ष , हामी युवा कि उपाध्यक्ष रहेकी बास्तोलले सम्मेलनले आफूलाई दिगो विकासका लक्ष्य र युवा नेतृत्वको क्षेत्रमा क्षमता अभिवृद्धीमा टेवा मिल्न सक्ने बताईन् ।
हामी युवाले माला र खादा ओढाएर बिदाई गरिएको हामी युवाका प्रवक्ता अभिषेक भट्टराईले जानकारी दिए । अनुपमा मोडलिङ्ग क्षेत्रमा पनि आवद्ध रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्