स्थानिय श्रोत पहुँचमा पुर्याउन सामाजिक न्याय र समानता चाहियो

<span class='c1'>स्थानिय श्रोत पहुँचमा पुर्याउन सामाजिक</span> <span class='c2'>न्याय र समानता चाहियो</span>

विराटनगर १० मंसिर । राज्यमा उपलब्ध स्रोत साधनको सामुहिक समानता र न्यायिक पहुच हुन सके मात्र स्थानिय श्रोतमा नागरिकको पहुँच हुन सक्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
जागरण नेपालले सोमबार विराटनगरमा आयोजना गरेको स्थानिय श्रोतमा नागरिकको पहुच विषयक जिल्ला स्तरिय सार्वजनिक सुनवाई कार्यक्रममा कार्यक्रमका सहभागीहरुले त्यस्तो बताएका हुन् । राज्यले उपलव्घ गराएको स्थानिय श्रोत साधनमा सबै क्षेत्र ,वर्ग, समुदाय,लिङ्गलाई भेदभाव नगरिकन पहुँचमा पुर्याउन सक्नु पर्ने सहभागीहरुले बताए । स्थानिय स्रोतसाधानमा सामाजिक न्याय र समानता हुन आश्यक रहेको सहभागीहरुले उल्लेख गरे ।
कार्यक्रममा प्रोफेसर चन्द्र उपाध्ययले स्थानिय श्रोतमा नागरिकको पहुच विषयामा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथी सहभागीहरुले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न सामाजिक संघसस्था,उद्योगी, राजनितीक दल, शिक्षा,स्वास्थ्य र संचार क्षेत्रमा आवद्ध महिला तथा पुरुषहरुको उपस्थित रहेको जागरण नेपाल मोरङकी संयोजक प्रतिक्षा बस्नेतले जानकारी दिनुभयो ।
जागरण नेपालले महिलाहरुमा विशेष गरी सिमान्तकृत समुदायको सुशासन, निर्णयक तह, र राजनितीमा सहभागिता समलिकरण परियोजना अन्र्तगत विभिन्न विषयमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्