विराटनगरको २५ सय लिटर डिजल घोटालाको अनुसन्धान सिआइबीले गर्ने

<span class='c1'>विराटनगरको २५ सय लिटर डिजल</span> <span class='c2'>घोटालाको अनुसन्धान सिआइबीले गर्ने</span>

विराटनगर, १० मङ्सिर। नेपाल आयल निगमको विराटनगरस्थित प्रदेश कार्यालयको डिपोमा भएको २५ सय लिटर डिजल घोटालासम्बन्धि अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गर्ने भएको छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले तेल घोटालाको अनुसन्धान सिआइबीले गर्ने जानकारी दिएका हुन्।

यस घटनालाई हामीले अत्यन्त संवेदनशील रूपमा लिएका छौँ, मन्त्री र सचिवज्यू पनि घटनाप्रति गम्भीर हुनुहुन्छ,' भट्टराईले बिजमाण्डूसित भने,  ‘अनुसन्धानका लागि मन्त्रालयले नै सिआइबीलाई पत्र लेखेर अनुरोध गर्ने भएको छ।’ विभिन्न वाधा, अड्चन र हडताल हुँदाहुँदै पनि ट्याङ्कलरीमा लकिङ सिस्टम राख्न निगम सफल भएको भट्टराईले सुनाए। उनले भने, ‘हामीलाई गलत देखाउन सुरुमा हड्ताल पनि भए। तर लकिङ सिस्टम लागु भएरै छाड्यो। अब यसलाई कसरी सफल बनाउनु पर्छ हामीलाई राम्रो थाहा छ।’

भट्टराईले नेपाल आउँदै गरेको तेल बिच बाटोमै गायब हुनु भनेको राज्यको सम्पत्ति लुटिनु हो भन्ने आक्रोश प्रकट गर्दे यस घटनामा संलग्न जो कसैलाई पनि नछाडिने प्रतिबद्धता व्यक्त गरे। 'तेल चोरी गर्ने ट्याङ्कलरीको कम्पनीलाई ढुवानीका लागि सदाका लागि बर्खास्त गरिनेछ,' सुशीलको भनाइ थियो, ‘निगमभित्र जुनसुकै तहको कर्मचारी भए पनि उसउपर कडा कारबाही हुने छ। यसमा संलग्न कसैलाई पनि छाडिने छैन।’लकिङ सिस्टमलाई सफल बनाउने कुरामा निगमको कमजोरी कहाँनेर रह्यो भन्ने विषयको अध्ययन भइरहेको उनले स्पष्ट पारे। साथै कार्यविधिको प्रयोग उचित तरिकाले भएको छ कि छैन भनेर खोज भइरहेको उल्लेख गरे।
भारतको बरौनीबाट एक ट्याङ्कलरी डिजल लिएर विराटनगरको कार्यालयस्थित डिपोमा आएको को१ख ५९६५ नम्बरको ट्याङ्कलरीको तेल गत बिहिबार विराटनगरको डिपोमा जाँच गर्दा २५ सय लिटर कम पाइएको थियो। साउनयता नेपालभरिका सबै ट्याङ्कलरीमा अत्याधुनिक ताल्चा प्रयोग गरिएको छ। यो ताल्चा नखोली तेल निकाल्न सकिन्न। यस्तो ताल्चाको साँचो एक थान बरौनीका प्रमुख र अर्को थान निगमको प्रदेश कार्यालयका प्रबन्धकसित हुन्छ। साथै यस्तो साँचोको अर्को साँचो बनाउन पनि सकिँदैन।अनन्तराज न्यौपाने/बिजमाण्डू 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्