बिराटनगरका बुद्धि प्रधान युएईमा जारि टि-१० लिगमा अम्पायरीङ गर्दै

बिराटनगरका बुद्धि प्रधान युएईमा जारि टि-१० लिगमा अम्पायरीङ गर्दै

बिराटनगर मङ्सिर ११ ,

अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा अम्पायरीङमा नेपालका आइसीसी नेपाली अम्पायर बुद्धि प्रधान अहिले युएईमा जारि टि-१० लिगमा अम्पायरको रुपमा रहेका छन् । बिराटनगर घर भएका प्रधान टि-१० लिगमा एक मात्र नेपाली अम्पायर हुन् ।

प्रधान आईसिसिको डेभलप्मेन्ट प्यानलका अम्पायर हुन् । उनले यस अघि पनि बिभिन्न अन्तराष्ट्रिय क्रिकेट म्याचहरुमा अम्पायरीङ गरिसकेका छन् ।

उक्त प्रतियोगितामा नै नेपालका युवा सन्दिप लामिछानेले आफ्नो सानदार प्रदर्शनलाई कायम राखेका छन्।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्