पत्रकार महासंघ मोरङलाई आरति स्ट्रिपले गर्याे दुई लाख सहयोग

पत्रकार महासंघ मोरङलाई  आरति स्ट्रिपले गर्याे दुई लाख  सहयोग

विराटनगर,११ मंसिर। नेपाल पत्रकार महासंघ मोरङको भवन व्यवस्थित गर्न आरति स्ट्रिप प्रालिले दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघको थप पूर्वाधार निमार्णका लागि उद्योग सञ्चालक समितिका उपाध्यक्ष सञ्जिव शर्माले पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेललाई दुई लाखकाे  चेक हस्तान्तरण गरेका हुन् ।  पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेलले महासंघको भवनलाई थप व्यवस्थितगर्न थप पूर्वाधारको निमार्णको काम सुरु गरिएकाले त्यसका लागि सबैलाई सहयोग पुर्‍याउन आग्रह गरे । कार्यक्रममा उद्याेगका प्रशासकीय अधिकृत दिवश नेपालले औद्योगिक क्षेत्र संचालनका लागि पत्रकार क्षेत्रले गरेको सहयोग महत्पूर्ण रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्