बिराटनगरको नोबेल अस्पतालको शिविरबाट सुन्दरहरैंचाका पाँच सय बिरामीको निःशुल्क उपचार 

<span class='c1'>बिराटनगरको नोबेल अस्पतालको शिविरबाट सुन्दरहरैंचाका</span> <span class='c2'>पाँच सय बिरामीको निःशुल्क उपचार </span>

मोरङ, १२ मंसिर । नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो ।

शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिविरमा आएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

उनका अनुसार शिविरबाट ग्रामिण क्षेत्रका विपन्न विरामी बढी लाभान्वित भएका छन् । गाउँ–गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि शिविरमा उपचारका लागि आएका थिए । यसैवीच शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका ३५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।

शिविरबाट रिफर भएका विरामीलाई नोबेल अस्पतालकै गाडीमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गरी पुनः गाउँमै पुर्याउँने व्यवस्था मिलाईने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।गरिव तथा विपन्न विरामीलाई लक्षित गरी नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्