माेरङकाे बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु

माेरङकाे बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु

विराटनगर, १३ मङ्सिर।  मोरङको बेलवारी नगरपालिका–७ बाहुनीमा आगोले डढेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ। बुधबार साँझ नवलकिशोर चौधरीकी तीन वर्षीया छोरी निकिता चौधरी खेल्ने क्रममा घरमा बालेको कुपी बत्तीबाट आगो सल्किँदा गम्भीर घाइते भएकी हुन्।

घाइते बालिकालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो।  उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्