वुढीगंगा गाउँपालिकामा पाँच सय युवा सहभागी सम्मेलन हुने

वुढीगंगा गाउँपालिकामा पाँच सय युवा सहभागी सम्मेलन हुने

विराटनगर, १४ मंसिर ।
वुढीगंगा गाउँपालिकामा बृहद गाउँपालिका स्तरिय युवा सम्मेलन हुने भएको छ । हामी युवा सिर्जनात्मक विकासका पहरेदार नारा सहित जनजागृती युवा क्लब बुढीगंगाले वडा नम्बर ६ को नारायण माबिमा युवा सम्मेलन गर्न लागेको हो । यही पुस ६ र ७ गते हुने सम्मेलनमा बुढीगंगा गाउँपालिका भित्र रहेका युवालाई सवल र समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा सकारात्मक सोचका साथ सामेल गराउने उदेश्य राखेको छ ।
बुढीगंगा गाउँपालिका भित्र रहेका ५ सय युवालाई सम्मेलनको क्रममा प्रशिक्षण दिईने आयोजकको तयारी छ ।
प्रशिक्षणमा आत्माविस्वास, स्वावलम्बन अनि आत्मनिर्भर र अनुशासित बनाउने योजना अघि सारेको हो । राजनीतिमा रहेको गुण्डागर्दी, भ्रष्टाचार, सामाजिक असमानताको खाडल सिर्जना गरी आफ्नो राजनीती अभिष्ट पुरा गर्ने बिषय हटाउनको लागि पनि कार्यक्रम महत्वपुर्ण हुने जनाईएको छ । करिब ६ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रम २ दिनसम्म संचालन हुने छ । कार्यक्रम सफल बनाउन मकरबहादुर बुढाथोकीको संयोजकत्वमा २५ सदस्य युवा सम्मेलन आयोजक समिति बनाईएको समितिकी सचिव रिता न्यौपानेले जानकारी दिईन् ।
त्यस्तै ६ वटा उप समिति बनाईएको छ जसमा प्रचारप्रसार उपसमिति, मञ्च ब्यवस्थापन , अनुगमन तथा अतिथी ब्यवस्थापन, आवास तथा खानपिन, आर्थिक संकलन, सांस्कृती र स्वयम् सेवक ब्यवस्थापन उपसमिति बनाईएको न्यौपानेले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्