विराटनगरमा तेह्रथुम सरोकार समाज गठन

विराटनगरमा तेह्रथुम सरोकार समाज गठन

विराटनगर, १५ मंसिर ।
तेह्रथुम सरोकार समाज विराटनगरमा गठन भएको छ । आज एक कार्यक्रमको आयोजना गरी चेम्बर अफ कमर्श माेरङकाे अध्यक्ष समेत रहेका सुरेशमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्य समिति गठन भएको हो । जसको सदस्यहरुमा दिपबहादुर खापुङ, उत्तमबहादुर चौलागाई, देबी सापकोटा, महेन्द्र ढुङ्गाना, यज्ञश्वर निरौला, गोबिन्दमान सिंह कार्की, तिलक भट्टराई, रेशमलाल श्रेष्ठ, पुर्ण ढकाल, कृष्ण कुमारी ढुंगाना, दिनेश भट्टराईर लेखनाथ सापकोटा रहेका छन् । नव गठित समितिले तेह्रथुम जिल्लाबाट विराटनगरमा आएर बसोवास गर्दै आएका ब्यक्तिहरुलाई समाजमा आबद्धता गराउने संस्थाका अध्यक्ष श्रेष्ठले बताए । देशका बिभिन्न क्षेत्रमा रहेर तेह्रथुमलाई मायाँ गर्ने र तेह्रथुमको पहिचान समाजमा गराउने र बार्षिक त्यस्ता ब्यक्तिहरुलाई सम्मन समेत गरिने नव गठित समितिका सदस्य उत्तमबहादुर चौलागाईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्