विराटनगरमा वैकिङ्ग फूटसल हुने, विजेताले नगद ५० हजार प्राप्त गर्ने

<span class='c1'>विराटनगरमा वैकिङ्ग फूटसल हुने, विजेताले</span> <span class='c2'>नगद ५० हजार प्राप्त गर्ने</span>

विराटनगर १५ मंसिर ।
विराटनगरमा पहिलो पटक वैकिङ्ग फूटसल हुने भएको छ । द स्र्पोट्स हव विराटनगरले आगामी मसिंर १६ गतेदेखि २२ गते सम्म विराटनगरमा वैकिङ्ग फुटसल हुने जनाएको छ ।
द स्र्पोट्स हव विराटनगरले पत्रकार सम्मेलनको आयोजना गरी विराटनगरमा फूटसल हुने जनाएको हो ।
फूटसल प्रतियेगितामा नेपालका (क) वर्गका ८ वैङकको सहभागिता रहने खेल संयोजक शुभम् भट्टराईले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइने सो प्रतियोगिताको विजेताले ५० हजार नगद र ट्रफि हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफि हात पार्ने संयोजक भट्टराईले बताए ।
दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह ए मा नेविल, सिटिजन्स, सानिमा र समुह (वि) मा मेघा, जनता र नेपाल वैंङक रहेको छ । बाँकी २ टिमको पछि टुङ्गो लगाउँने द स्र्पोट्स हवका अध्यक्ष प्रज्ञान खनालले जानकारी दिए ।
सात दिनसम्म सञ्चालन हुने प्रतियोगिता गर्नलाई करिब २ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्