विराटनगरमा भएको हाफ म्याराथनको उपाधी अन्जली र सुमनलाई

विराटनगरमा भएको हाफ म्याराथनको उपाधी अन्जली र सुमनलाई

विराटनगर, १५ मंसिर ।
विराटनगर–१३मा रहेको सौगात बचत तथा ऋण सहकारी संस्थाको आयोजना गरेको ‘हाफ म्याराथन’ प्रतियोगिताको उपाधि विराटनगरको मिल्स माध्यामिक बिद्यालयकी अन्जली चौधरी र गौतमबुद्ध स्कूलका सुमन कामतले जितेका छन् ।
विराटनगरमा शनिबार आयोजना गरेको उक्त प्रतियोगिताको छात्रातर्फको द्धितीय गोदावरी स्कूलकी रिचा थापा, तृतीय सोही स्कूलकी अन्सु लामा, चौथो गौतम बुद्ध स्कूलकी रीतिका रानामगर र पाँचौ मिल्स माविकी अन्सु कुमारी महतो घोषित भइन् ।
त्यस्तै छात्रतर्फ भएको उक्त प्रतियोगिताकोे द्धितीय राइजिङ्ग स्कूलका एम.डि अक्बर, तृतीय खुल्ला रुपमा भाग लिएका मुकेश यादव, चौथो गौतम बुद्ध स्कूलका बबिस थापा र पाँचौं स्टार स्कूलका दिपक भण्डारी भए ।
प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः ३ हजार १, द्धितीय २ हजार १, तृतीयले १ हजार १ रुपैयाँको साथै ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक विष्णु डंगोलले बताए ।
चौथो र पाँचौ हुने प्रतियोगिले समेत नगद पुरस्कार पाएका थिए । विद्यालयमा अध्ययरत विद्यार्थीहरूको व्यक्तित्व विकास गराउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरेको सहकारीको अध्यक्ष छत्रबहादुर तामाङ्गले बताए । आगामी दिनमा पनि यस प्रतियोगितालाई निरन्तरता दिने उनको भनाई छ । उक्त प्रतियोगितामा विराटनगर–१२, १३ १४,१५ र १६ नम्बर वडामा रहेको विद्यालयका पाँच दर्जन बढी विद्यार्थीहरूले भाग लिएको कार्यक्रम संयोजक डंगोलले जानकारी दिए । विजेता हुनेलाई सहकारी अध्यक्ष तामाङ्ग, उपाध्यक्ष कमल लामा, सचिब बद्री न्यौपाने, सदस्यहरू भीम प्रधान, लखु लामा तथा कार्यक्रम संयोजक विष्णु डंगोलले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्