मोरङको २ छुट्टा छुट्टै सवारी दुर्घटनामा ४ जना घाईते

मोरङको २ छुट्टा छुट्टै  सवारी दुर्घटनामा ४ जना घाईते

विराटनगर,१६ मङ्सिर । मोरङको २ छुट्टा छुट्टै स्थानमा आज सवारी दुर्घटना हुँदा ४ जना घाईते भएका छन । सुन्दर हरैचा नगरपालिका-१० स्थित खोर्साने-केराबारी सडक खण्डमा खोर्सानेबाट केराबारी तर्फ जादै गरेको को ५ प ६२९९ नंबरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा २ जना घाईते भएका छन । दुर्घटनामा मोटरसाईकल चालक बेलबारी १ वस्ने वर्ष ३३ को प्रकाश राई र सोहि मोटरसाईकलमा पछाडि सवार सोही स्थान वस्ने वर्ष २१ को आमोस मगर घाईते भएका  हुन् ।

यसैगरी बुढीगंगा गाउँपालिका-३ निमुवा चोकमा पिकअप र मोटरसाईकल एक आपसमा दुर्घटना हुँदा २ जना घाईते भएका छन । को १ च ६५२० नंबरको पिकअप र  बिपरित दिशा बाट आउदै गरेको को ३१ प ६४५ नंबरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका-१३ खनार बस्ने बर्ष २२ का रोसन चौधरी र गाडी चालक  उदयपुर ठोक्सिला ९ बस्ने दिनेश बस्नेत घाईते भएकोले विराट मेडिकल कलेज  गंगा चोकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्