मिस स्टेट १ को उपाधि रमिलालाई , बिराटनगरकी प्रज्ञा बनिन फस्ट रनरअप

मिस स्टेट १ को उपाधि रमिलालाई , बिराटनगरकी प्रज्ञा बनिन फस्ट रनरअप

बिराटनगर मङ्सिर १६ ,

पूर्वाञ्चल बागिना कला केन्द्रले संयुक्त रुपमा आयोजना गरेको मिस स्टेट २०१८ को फिनाले सम्पन्न भएको छ ।

शनिबार धरानको सभागृहमा भएको मिस स्टेट नम्बर १ २०१८ ,मा उदयपुरकी रमिला बस्नेतले टाइटल जित्न सफल भएको थिइन् भने बिराटनगरकि प्रज्ञा गिरी फस्ट रनरअप त्यस्तै निशा गुरुङ सेकेन्ड रनरअप भएकी थिइन् ।

मिस स्टेटमा प्रदेश नं. १ का विभिन्न जिल्लाका १३ जना सुन्दरीहरु बिच प्रतिस्पर्धा भएको थियो  ।

मिस स्टेट १ का अन्तिम प्रतिस्पर्धाकी प्रथम विजताले क्राउन, सुजुकी स्कुटर एक थान र २ वटा म्युजिक भिडियोमा अभियन गर्ने अवसर प्राप्त गरेकी छिन् । त्यसैगरि दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार र २५ हजार साथमा क्राउन हात पारेकी छिन ।

[caption id="attachment_70848" align="alignnone" width="630"] बिराटनगरकि प्रज्ञा गिरी फस्ट रनरअप[/caption]

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्