रात्रिभोज खाँदै अमेरिका र चीनले सुल्झाए विवाद

रात्रिभोज खाँदै अमेरिका र चीनले सुल्झाए विवाद

काठमाडौं, १६ म‌िङ्सिर । अमेरिका र चीनबीच जारी व्यापारयुद्ध अन्त्य हुने सकारात्मक संकेत प्राप्त भएका छन् ।  जी२० सम्मेलनको साइडलाइनमा शनिवार अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उनका चिनियाँ समकक्षी शी चिनफिङबीत भएको भेटवार्तामा निकै न्यानोपन देखियो ।  ह्वाइट हाउसले ट्रम्प र शीबीच ब्युनर्स आयर्समा भएको बैठक सफल रहेको बताएको छ ।

दुवै नेताबीच सन् २०१९ को जनवरी १ देखि एकअर्कामाथि नयाँ आयातशुल्क नलगाउने सहमति कायम भएको छ । दुवैले हालको व्यापारयुद्धलाई अन्त्य गर्नका लागि लगातार संवाद गर्ने प्रतिबद्धता पनि जनाएका छन् । दुवै नेताले संयुक्त डिनर समेत गरेका थिए । यसबाट चीन र अमेरिकाबीचको चिसो हटेको संकेत दिन्छ । जी२० सम्मेलनको साएडलाइनमा भएको यो भेटघाट लगभग साढे दुई घन्टा चल्यो । ट्रम्पले चीनमाथि ९० दिनका लागि २०० अर्ब डलर बराबरको सामानमा शुल्क लगाउने योजना रोकिदिए ।
अमेरिकाले सन् २०१९ को पहिलो दिनदेखि २०० अर्ब डलर मूल्यको सामानमा १० देखि २५ प्रतिशतसम्म आयातशुल्क लगाउने योजना बनाएको थियो । ट्रम्पले दुवै नेता र उनीहरूका सल्लाहकारले अनेकौं विषयमा चर्चा गर्ने बताए ।एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्