विराटनगरमा जारी मिस पुर्वेलीको अडिसन सकियो, ७० युवतीले दिए अडिसन

<span class='c1'>विराटनगरमा जारी मिस पुर्वेलीको अडिसन सकियो,</span> <span class='c2'>७० युवतीले दिए  अडिसन</span>

प्रेम देवान
विराटनगर, १६ मंसिर ।
विराटनगरमा हुन गईरहेको ७ औं सस्करणको मिस सुपर मोडल २०१८ मा ७० जनाले अडिसन दिएका छन् । हरेक बर्ष विराटनगरमा हुँदै आएको सुन्दरी प्रतियोगिता मिस पूर्वेली सुपर मोडलको पहिलो र दोस्रो अडिसनबाट ७० जना युवती छनौटमा परेका हुन । विराटनगरको टेन ११ लाउन्जमा भएको पहिलो अडिसनमा २७ जना र दोस्रो अडिसनमा ४३ जनाले सहभागिता जनाएका थिए ।
ए वान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिको आयोजनामा मिस पूर्वेलीमा सुनसरी, मोरङ लगायतका जिल्लाबाट अडिसनमा सहभागिता जनाएका थिए । अडिसन दिएका मध्येबाट २० देखि २५ जना थप छनौटमा पर्ने मिस पूर्वेलीका संयोजक सौरभ राजभण्डारी बताए । अडिसनको नतिजा २ दिन भित्र सार्वजनिक गर्ने आयोजकको तयारी छ ।
खिचिक्क फोटो फ्क्याट्री र भिजुुअल बिज्ञापन एजेन्सीको सह आयोजनामा हुने सातौ संस्करणमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयोजन गर्ने तथा चर्चित कोरियाग्राफर सृजना रेग्मीले कोरियोग्राफी गर्नेछिन् । पुस १४ गते फाइनलमा बिजेता हुनेले २ लाख ५० हजार नगदसहित अन्य उपहार प्राप्त गर्नेछन् भने इन्डोनेसियाको भ्रमणको अवसर प्राप्त गर्नेछन् ।
त्यसैगरि फस्ट रनर अपले १ लाख र सेकेन्ड रनर अपले ५० हजार सहित इन्डोनेसिया भम्रणको अवसर प्राप्त गर्नेछन् । यस प्रतियोगिताको मिडिया पार्टनर ओबी मिडिया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्