पथरीका संजिब मगरले मिस्टर मोरङको उपाधी चुमे

<span class='c1'>पथरीका संजिब मगरले मिस्टर</span> <span class='c2'>मोरङको उपाधी चुमे</span>

विराटनगर, १६ मंसिर । मोरङ शारिरक सुगठन तथा फिटनेश संघको आयोजनामा विराटनगरमा भएको पाचौं संस्करणको मिस्टर मोरङको उपाधि मोरङको पथरी फिटनेस जिमका संजिब मगरले उपाधी चुमेका छन् । स्थानीय विरेन्द्र सभागृहमासम्पन्न फाइनलमा १७ जना प्रतस्पधीलाई पछि पार्दै मिस्टर मोरङको उपाधि जितेका हुन् । उपाधिसँगै मगरले नगद ५१ हजार रुपैयाँको साथै ट्रफी हात पारे । उनी ७० केजी तौल समूहमा समेत प्रथम भएका थिए ।
प्रतियोगिताको फस्ट रनरअप पथरी फिटनेसकै अजय मरिक घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे । उनी ५५ केजी तौल समूहमा प्रथम भई फाइनल राउण्डमा प्रवेश गरेका थिए । प्रतियोगिताको सेकेण्ड रनरअप पथरी फिटनेस जिमका योगेन लिम्बु भए ।
उनी ६५ केजी तौलम समूहमा प्रथम भएका थिए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे । त्यस्तै मोरङ उर्लाबारी बेसीक जिमका जिवन तामाङले सान्तवना पुरस्कार जिते । उनले नगद ७ हजार हात पारे । तामाङले ६० केजी तौल समूहमा प्रथम भई फाइनलमा प्रवेश गरेका थिए ।
प्रष्तयोगिताको मोष्ट इम्पु्रव बडी विल्डीङमा नेपाल जिमका नवाव अन्सारी, वेष्ट पोजरमा जेसीवी जीमका हरेराम रजक, वेष्ट फिजिकसमा जेसीवी जिमका जुनार आलम र मोष्ट मस्कुलर म्यान विराट जीमका अशोक खड्का घोषित भए । प्रतियोगितामा १८ जनाको सहभागिता रहेको थियो । प्रतियोतिाको निर्णायक फिटनेस अन्तराष्ट्रिय निर्णायक संघको केन्द्रीय सदस्य पुष्प श्रेष्ठ, प्रभात काजी बरिया र अशोक पाठक रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्