अाज २७ औं विश्व अपांगता दिवस मनाइँदै

अाज २७ औं विश्व अपांगता दिवस मनाइँदै

काठमाडौं, १७ मङ्सिर ।  सोमबार २७ औं विश्व अपांगता दिवस मनाइँदैछ छ । अपांगता भएका व्यक्तिका लागि काम गर्ने भनेर नेपालमा पाँच सय संस्था सक्रिय छन् तर अपांगता भएका व्यक्तिका पीडा भने ज्यूँकात्यूँ छन् ।

समाज कल्याण परिषद्का अनुसार अपांगताको क्षेत्रमा काम गर्ने भनेर दर्ता भएका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको संख्या झण्डै एक हजार पाँच सय छ । सरकारी र गैरसरकारी क्षेत्रले अपाङ्गता भएका व्यक्तिलाई समुदायमा पुनःस्थापना र परिचालन गर्न धेरै लगानी गरे पनि अपाङ्गगता भएका व्यक्तिको अवस्थामा भने खासै परिवर्तन नआएको अपाङ्गताको क्षेत्रमा क्रियाशील संस्थाका प्रतिनिधिहरूले बताउने गरेका छन् । राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको करिव पाँँच लाख जना अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्यो । सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । नेपालमा सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्