राती देखि नै काम ज्वरो आएको जस्तो भान हुँदै थियो।ज्यान गलेर लोथ परेको जस्तो हुँदा पनि बिहानै उठेर दैलो ,कसेर सबै सकेको थिएँ। सानै उमेर मा मँ घर को काम मा निपुण भैसकेको थिएँ। भाइ बिहानै देखि आँगन मा बाबा ले शहर बाट ल्याइदिएको खेलौना खेल्दै थियो।मँ पिँढी मा बसेर कर्कला को गाभा केलाउँदै थिएँ। बर्षौटे भएपनी ऊ बच्चा जस्तै थियो।मँ भने ब्याबहार ले खारिइसकेकी थिएँ।
"तँ पनि आइज न दिदी खेलम"। भाइ ले बोलाए पछि नकार्नै सकिन। उसको खेलौना खेलाउन पनि आमा को आँखा छल्नु पर्थ्यो।नत्र त जगल्टा केलाएर केही बाँकी रहन्न्थ्यो। सानो गाडी पछाडी तानेपछी आफै अगाडि बढ्थ्यो। गाडी गुड्दै भाइ को गोडा मुनि पुगेपछी मेरा आँखा उसको गोडा मा उठेका राता राता चाला मा गएर अडियो। मेरा शरीर मा पनि दुई दिन अगाडी बाट एस्तै चाला उठेको थियो।
हत्त न पत्त भाइ को र मेरो शरीर भरी राता चाला उठेको खबर आमा लाई सुनाएँ।आमा ले म तिर हेर्दा पनि हेर्नू भएन।खाना खाए पछि आमा ले भाइ लाई मात्र मजेत्रो ले बेरेर पिठिउँ मा बोकेर स्वास्थ चौकी लैजाँदा मन एक्कासी भक्कानिएर आयो।छोरा र छोरी बिचमा एत्रो फरक हुन्छ भन्ने तब मात्र बुझेँ। दादुरा आएको रहेछ।इच्छा शक्ति नै ठूलो हुँदो रहेछ बांच्न को लागि ।उपचार बिना पनि भाइ भन्दा म नै चाँडै निको भएँ।
अस्ति माइत जाँदा झलझली ती दिन हरु याद आयो। आमा ओछ्यान मा थला पर्नुभएको थियो। आमा ले मलाई देख्ना साथ दुख पोख्नु भयो।"हेर्न सावित्री खोकी लागेको महिना दिन जति भैसक्यो।अस्पताल लगिदे न भनेर कति चोटि भनिसकेँ तेरो भाइ लाई। त्यसको कहिल्यै फुर्सद हुँदैन। अब तँ आइस मलाई त्यो अस्पताल सम्म लगिदे न है"।
सुधीर कुमार सुमन
२०७५ मंसिर १७