विराटनगर कर्पोरेट फुटसल : मेगा र जनता ड्र ,नबिल बैंकले सानिमा बैंकलाई हरायो

विराटनगर कर्पोरेट फुटसल : मेगा र जनता ड्र ,नबिल बैंकले सानिमा बैंकलाई हरायो

विराटनगर, मंसिर १८। 

विराटनगरमा कर्पोरेट फुटसलमा सोमबार २ खेल सम्पन्न भएका छन् । द स्र्पोट्स हव विराटनगरले आयोजना गरेको प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा नबिल बैंकले सानिमा बैंकलाई ४-२ गोल अन्तरले हराएको छ । नबिल बैंकका तर्फबाट रोशन भुजेल र रिकी महर्जनले समान २-२ गोल गरेका थिए। सानिमा बैंकबाट रिमेश तुलाधर र प्रविन पौडेलले १-१ गोल गरेका थिए ।

त्यसैगरी अर्को खेलमा , मेगा बैंक र जनता बैंकले बराबरी खेलेका थिए । दुबैले ३-३ गोल गरेका थिए। मेगाको तर्फबाट सागर भाद्र , मनिष घिमिरे र प्रशान्त मण्डलले १-१ गोल गरेका थिए भने जनता बैंकको तर्फबाट डमर मगरले २ र बिनोद कार्कीले १ गोल  गरेका थिए ।

प्रतितियोगिता मंसिर २२ गतेसम्म संचालन हुने छ । फुटसल प्रतियेगितामा नेपालका (क) वर्गका ८ वैङकको सहभागिता रहने खेल संयोजक शुभम् भट्टराईले जानकारी दिए । लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० हजार नगद सहित ट्रफी हात पार्ने छ भने उपविजेताले ३० हजार र ट्रफी हात पार्ने छ ।

दुई समुहमा विभाजन गरिएको प्रतियोगिताका समुह (ए)मा नेविल, सिटिजन्स, सानिमा र समुह (वि) मा मेघा, जनता र नेपाल वैंङक रहेको द स्र्पोट्स हवका अध्यक्ष प्रज्ञान खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्