मिस पुर्बेलीमा नयाँ अभ्यास ,अविभावकसहित प्रतियोगिताबारे जानकारी कार्यक्रम सम्पन्न

मिस पुर्बेलीमा नयाँ अभ्यास ,अविभावकसहित प्रतियोगिताबारे जानकारी कार्यक्रम सम्पन्न

विराटनगर, मंसिर १८ ।
विराटनगरमा हुन गईरहेको ७ औं सस्करणको मिस सुपर मोडल २०१८ मा नयाँ अभ्यास सुरु गरेको छ । आयोजकले पहिलोपटक छनोटमा परेका प्रतिस्पर्धीलाई आफ्नो अविभावकसहित उक्त प्रतियोगिताका बारे अन्तरक्रिया कार्यक्रम आयोजना गरेका थिए ।

अन्तरक्रियामा आयोजक कमिटीको साथै संचारकर्मी तथा प्राध्यापक संदेशदास श्रेष्ठ र व्यवसायी युनेश राज श्रेष्ठले प्रतिस्पर्धी तथा अविभावकलाई प्रतियोगिताको महत्वबारे जानकारी दिएका थिए  । 

विराटनगरमा हुँदै आएको सुन्दरी प्रतियोगिता मिस पूर्वेली सुपर मोडलको पहिलो र दोस्रो अडिसनबाट ७० जना युवती छनौटमा परेका छन् ।

ए वान इन्टरटेनमेन्ट एण्ड फिल्मस् प्रालिको आयोजनामा मिस पूर्वेलीमा सुनसरी, मोरङ लगायतका जिल्लाबाट अडिसनमा सहभागिता जनाएका थिए ।

खिचिक्क फोटो फ्क्याट्री र भिजुुअल बिज्ञापन एजेन्सीको सह आयोजनामा हुने सातौ संस्करणमा पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयोजन गर्ने तथा चर्चित कोरियाग्राफर सृजना रेग्मीले कोरियोग्राफी गर्नेछिन् । पुस १४ गते फाइनलमा बिजेता हुनेले २ लाख ५० हजार नगदसहित अन्य उपहार प्राप्त गर्नेछन् भने इन्डोनेसियाको भ्रमणको अवसर प्राप्त गर्नेछन् ।

त्यसैगरी फस्ट रनर अपले १ लाख र सेकेन्ड रनर अपले ५० हजार सहित इन्डोनेसिया भम्रणको अवसर प्राप्त गर्नेछन् । यस प्रतियोगिताको मिडिया पार्टनर ओबी मिडिया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्