सम्पति बेचेर संसार घुम्ने जोडी, एक वर्षका लागि मात्र नभइ जीवनभर घुम्नका लागि

सम्पति बेचेर संसार घुम्ने जोडी, एक वर्षका लागि मात्र नभइ जीवनभर घुम्नका लागि

एजेन्सी ।  प्रायजसो व्यक्ति अवकास जीवनपछि घरमै आराम गर्न चाहन्छन्।तर एक वृद्ध जोडी भने भएभरको सम्पति बेचेर संसार डुलिरहेको छ।यो जोडी एक हप्ता वा एक महिना वा एक वर्षका लागि मात्र नभइ जीवनभर घुम्नका लागि निस्केको हो।

अमेरिकाको सेटालमा बस्ने ६२ वर्षीया डेवी र ७२ वर्षीय माइकलको जोडीले २५० सहरको भ्रमण गरिसकेको छ। यो जोडीले २०१३ सालबाट यात्रा सुरु गरेको हो।यात्राका लागि यो जोडीले घर, कार र बोट बिक्री गरेको छ।यिनीहरु यात्राका क्रममा जहाँ बस्छन् त्यही आफ्नो घर मान्छन्।

यो जोडीले 'सिनियर नोम्याड' नामक ब्लग चलाउने गर्छ। एक रातको लागि यिनीहरुले ६हजार ३ सय अमेरिकी डलर खर्च गर्दै आएको छ।  यात्राबारे आफूले निर्णय नगरी छोरीले सल्लाह दिएको डेविटले बताएका छन्।तर त्यतिबेला यो जोडीलाई यात्रा सफल हुने वा नहुनेबारे चिन्ता लागेको थियो।डेविटकी छोरीले भ्रमणका क्रममा होटलभन्दा स्थानीयको घरमा बस्नुपर्ने सल्लाह दिएकी थिइन्।

यो जोडीले भ्रमणका लागि धेरै सामानको आवश्यकता नहुने बताउँछ।यो जोडी अरुलाई उपहार दिने खुबै मन पराउँछ। यो जोडी जहाँ गएपनि खुला ठाउँमा घुम्न मन पराउँछ। भ्रमणका क्रममा यिनीहरु आफ्ना लागि आफै खाना पकाउने पनि गर्छ।लामो समय भ्रमणमा निस्केको यो जोडी आफूलाई पटक्‍कै बूढो महशुस गर्दैन।प्रौढ हुनुको सट्टा यो जोडी आफ्नो उमेरभन्दा ५ वर्ष कम भएको ठान्छ।आफू स्वस्थ्य रहनुको राज नियमित हिँडडुल नै भएको यो जोडीको दावी छ। अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्