विराटनगरमा रहेको नेरुडेले ग्राहक सदस्यको मृत्यूमा दियाे क्षतिपूर्ति

विराटनगरमा रहेको नेरुडेले ग्राहक सदस्यको मृत्यूमा दियाे क्षतिपूर्ति

विराटनगर, २० मंसिर । विराटनगरमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो ग्राहक सदस्यलाई क्षतिपूर्ति वापत रकम प्रदान गरेको छ । संस्थाको शाखा कार्यालय तारापट्टी धनुषामा आबद्घ भई बचत कर्जा कारोवार गरिरहेकी सदस्य ईसैर देवीको मृत्यु भएकोले क्षतिपूर्ति वापत निजले बिना धितो तर्फ लिएको कर्जा रकम वरावर एक लाख धनुषाधाम नगरपािलका  ५, किसानपुर निबासी निजको श्रीमान् विपतिया दास तत्मालाई स्तान्तरण गरेको हो ।
स्थानीय भद्र भलादमी, समूहका सदस्यको उपस्थितीमा एक कार्यक्रमका बीच लहानका ईलाका प्रबन्धक बिष्णुप्रसाद गुप्ता र कार्यालय प्रमुख कैलाश कुमार सिंहले संयूक्त रुपमा चेक वितरण गरेका हुन ।
नेरुडेले कर्जा लिएका स्वयम् सदस्य तथा निजको श्रीमानको मृत्यू हुँदा, मूलघरमा आगलागी हँुदा, सर्पको डसाईबाट पहिलो २ सन्तानसम्म सुत्करी हुँदा क्षतिपूर्ति÷सुविधा वापत रकम वितरण गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्