थाइल्याण्डमा राजनीतिक पार्टीमाथिको प्रतिबन्ध फुकुवा

थाइल्याण्डमा राजनीतिक पार्टीमाथिको प्रतिबन्ध फुकुवा

बैंकक (थाइल्याण्ड) । थाइल्याण्डको सेनाको सरकारले राजनीतिक पार्टीहरूमाथि चुनावी अभियानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । आगामी फेब्रुअरी २४ मा हुन गइरहेको निर्वाचनअघि यस्तो निर्णय आएको हो । ४ वर्षअघि थाइल्याण्डको सेनाले निर्वाचित सरकारलाई हटाउँदै ‘कू’ गरेको थियो । सेनाले थाइल्याण्डमा प्रजातन्त्र पुनःस्थापना गर्नु नै आफ्नो ध्येय रहेको बताउँदै आएको छ । यद्यपि, निर्वाचनको मिति भने पटकपटक पर सर्दै आएको थियो । सन् २०१४ मा थाइल्याण्डमा प्रधानमन्त्री यिङलक शिनावात्रा र लोकप्रिय फेउ थाइ पार्टीको सरकारलाई हटाउँदै सेनाले सत्ता आनो हातमा लिएको थियो । सेनाले राजनीतिक अस्थिरता तथा हिंसा रोक्न सत्ता हातमा लिनुपरेको बताएको थियो । यो संविधान सन् २०१७ मा जनमत संग्रहबाट पारित गराइएको थियो । थाइल्याण्डमा राजकीय शासन सकिएपछि १२ पटक सेनाले सत्तामा हस्तक्षेप गरिसकेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्